Logo
३० असार २०८२, सोमबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा र विवेकशील पार्टीबीच एकता घोषणा (नामावली सहित)

काठमाण्डौ । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच अाज एकीकरण भएको छ । नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने एकीकृत पार्टीले जनाएको छ ।

आज काठमाडौमा आयोजित कार्यक्रममा दुवैपार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह राखिएको छ । नयाँ पार्टीमा मिश्र र थापा हाललाइ समान हैसियतमा रहनेछन् ।

त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ । जसमा सहसंयोजकमा रविन्द्र मिश्र र उज्जवल थापा रहेका छन् ।

नयाँ पाटीका केन्द्रीय सदस्यहरु:

रविन्द्र मिश्र

उज्जल बहादुर थापा

अनुसा थापा

गोविन्दनारायण तिमल्सिना

निरुपमा यादव

मुमाराम खनाल

रमेश पौड्याल

सुर्यराज आचार्य

अव्दुस मियाँ

अर्जुनसिंह ठकुरी

उमेद पुन

ओम अर्याल

किरणकृष्ण श्रेष्ठ

किशोर थापा

जीवन श्रेष्ठ

दिनेश प्रसाई

प्रकासचन्द्र परियार

पुकार बम

मानवी पौडेल

रञ्जु दर्शना न्यौपाने

रमेश महर्जन राम शाह

रेशु अर्याल

शशीविक्रम कार्की

सोभा शाक्य

सरोज धिताल

साधना राई

सुवुना बस्नेत

सोभिता परियार

र ज्ञानेन्द्र निरौला

चारजना सदस्य भने पछि चयन गरिने

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्