Logo
११ श्रावण २०८१, शुक्रबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरी सिको गर्दे सशस्त्रमा एआईजी थप्ने गृहकार्य

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा एआईजी दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीमा एआईजीलाई प्रदेश प्रमुखका रूपमा खटाउन लागिएसँगै सशस्त्र प्रहरीमा पनि दरबन्दी थप गर्ने तयारी भएको हो ।गृहमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एआईजीको संख्या बढाउन सकारात्मक संकेत दिएपछि सशस्त्र प्रहरी मुख्यालयले त्यसको प्राविधिक तथा प्रशासनिक कार्य अघि बढाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत उच्च अधिकारीले प्रादेशिक संरचनाबमोजिम एआईजी दरबन्दी थप्न लबिङ गरेका थिए । नेपाली सेनाले पनि दुई प्रदेशमा पृतना थप गरिसकेको छ । यद्यपि, नेपाल प्रहरीमा हचुवाका भरमा एआईजी दरबन्दी थपेको भन्दै गृहमन्त्री शर्माको चर्को आलोचना भएको थियो । सशस्त्र प्रहरीमा एआईजी दरबन्दी कति थप्ने टुंगो भने लागिसकेको छैन । यद्यपि, एआईजी दरबन्दी ६ बाट बढाएर कम्तीमा १० पुर्‍याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

नियमावली संशोधन गर्ने विषयमा सशस्त्र प्रहरीका एआईजी र डीआईजीहरूबीच विवाद भए पनि दरबन्दी थप गर्ने विषयमा भने सबै एकमत देखिएका छन् । गृहका प्रवक्ता दीपक काफ्लेले सशस्त्र प्रहरीमा एआईजी दरबन्दी थप गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । ‘मुलुक संघीय संरचनामा गइसकेकाले सबै प्रहरी संगठनको पुनःसंरचना आवश्यक पर्छ, गृहमन्त्रीज्यूको मार्गचित्रमा पनि यो विषय उल्लेख छ’, प्रवक्ता काफ्लेले अन्नपूर्णसँग भने, ‘कुन संगठनलाई के-कति दरबन्दी आवश्यक पर्छ ? त्यसको अध्ययन भइरहेको छ ।’

मन्त्री शर्माले आइतबार नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित डीआईजीहरूलाई बोलाएर संघीय कानुन, प्रहरीको केन्द्रीय तथा प्रादेशिक संरचनाका विषयमा छलफल गरेका थिए । उनले संघीयतामा सशस्त्र प्रहरीको संरचना कस्तो हुने भन्ने विषयमा सशस्त्र नेतृत्वसँग छलफल भने गरेका छैनन् । यद्यपि, प्रहरीमा दरबन्दी थपिएसँगै उसले पनि त्यसका लागि लबिङ गर्दै आएको जनाइएको छ ।

सशस्त्र प्रहरी अर्धसैनिक बल (प्यारामिलिटरी फोर्स) भएकाले उसलाई प्रहरीको शैलीमा दरबन्दी आवश्यक पर्छ कि पर्दैन भन्नेबारे छलफल भइरहेको गृह स्रोतले जनाएको छ । प्रहरीकै संचरनाअनुरूप प्रदेशमा एआईजी खटाउने तयारीस्वरूप दरबन्दी थप्ने प्रक्रिया अघि बढाए पनि सशस्त्रको नेपाली सेनाको मोडलमा ‘कमान्ड सिस्टम’ हुने स्रोतले जनाएको छ । सशस्त्रमा हाल प्रकाश ओझा, प्रेम शाही, शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल गरी ६ एआईजी छन् । @शम्भु कट्टेलको बाइलानमा अन्नपुर्ण पोष्टमा खबर छ । 

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्