Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ हजार भारुको रुपैयाँको नोटको छपाई बन्द

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले २ हजार रुपैयाँको नयाँ नोट छाप्न बन्द गरेको छ । नाम नबताउने सर्तमा केन्द्रीय बैंकका अधिकारीहरुले यो आर्थिक वर्ष अब २ हजार रुपैयाँका नयाँ नोटहरु नछाप्ने बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार करिब पाँच महिनाअघिदेखि बैंकले २ हजार रुपैयाँको नयाँ नोट छाप्न बन्द गरेको हो । बैंकले यसको साटो साना मूल्यका नोटहरु छाप्नमा ध्यान केन्द्रीत गरेको छ । जसमा नयाँ २ सयका नोटहरु छन् ।

नोटबन्दीपछि जनता आक्रान्त बनेपछि भारत सरकारले ठूलो मात्रामा २ हजारका नोट छापेको थियो । तर, साना नोटहरु त्यो अनुपातमा उपलब्ध नहुँदा उक्त नोट साट्न सर्वसाधारणलाई अप्ठ्यारो परेको थियो ।

सो दुरी घटाउनका लागि आरबीआईले साना मूल्यका नोटहरु छाप्ने रणनीति अख्तियार गरेको बताइएको छ । भारतले ३ अर्ब ७० करोड वटा २ हजारका नोटहरु छापेको थियो । यसले बजारबाट फिर्ता आएका ६ अर्ब ३० करोडवटा १ हजारको नोटलाई पूर्ती गरेको थियो ।

‘नयाँ नोटहरुको छपाई लगभग पूरा भएको छ । ९० प्रतिशत जति नयाँ ५ सयका नोट छन् । अहिले १४ अर्बवटा ५ सयका नयाँ नोट छापिएका छन्,’ एक अधिकारीले बताए । छापिएका नयाँ नोट बजार भने हालसम्म पठाइएको छैन । एजेन्सी

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्