Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

DIG बढुवा सूचीमा परेका सर्वेन्द्र खनाल ट्राफिक प्रमुखमा

काठमाण्डौं : महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनालले समहाल्ने भएका छन ।

ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताए ।

खनाल ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा परेका छन् । फाइल तस्बिर

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्