Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्तिका नेताहरुले एकीकरणबारे दिए नेतृत्वलाई अर्कै सुझाव

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण अभियान सुरु गर्न नेतृत्वलाई सुझाव दिएका छन ।  नयाँ शक्ति पार्टी, नेपालका नेताहरुले समृद्धि, सुशासन र राष्ट्रिय एकतालाई पार्टीको आभागी कार्यभार बनाउनुपर्नेमा पनि जोड दिएका छन ।

पार्टीले हाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताकालागि चरणवद्ध छलफल गरिरहेको छ । बैठकमा संगठन निर्माण अभियानलाई व्यवस्थित बनाउन नसकेको भन्दै पार्टीका कतिपय नेताहरुले संयोजक डा. बाबुराम भट्टराईको आलोचना समेत गरेका छन ।

काठमाडौंमा जारी पार्टीको केन्द्रिय कार्यकारी समिति तथा संघीय परिषद बैठकमा बोल्दै नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण गरेर जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन ।  समान धारणा भएका राजनीतिक दलहरुसँग पार्टी एकीकरणका लागि अभियान संचालन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पार्टीका नेता पासाङ शेर्पाले जानकारी दिए ।

पार्टीको संंगठनलाई सदृढ गर्न पनि नेताहरुले बैठकमा जोड दिएको पनि नेता शेर्पाले बताए ।  पार्टीका नेताहरुले समृद्धि, सुशासन र राष्ट्रिय एकताका लागि आवश्यक पहलकदमी लिन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । मुलुकमा बैकल्पिक शक्ति आवश्यक रहेकाले त्यस्तो आवश्यक्ता पूरा हुने गरी पार्टीको विचार र संगठनलाई गतिशील बनाउन बैठकमा जोड दिइएको नेता देवेन्द्र पराजुलीले जानकारी दिए ।

नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह दुई चरणको निर्वाचनमा हार व्यहोर्नु परेपछि त्यसको समिक्षा गर्दै भावी रणनीति तय गर्न बुधबारबाट केन्द्रीय कार्यकारी समितिको बैठक समेत बोलाएको छ ।  बैठकमा लागि एजेन्डा तय गर्न केन्द्रिय कार्यकारी समिति र संघीय परिषद बैठक बसिरहेको पनि नेता पासाङले बताए ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्