Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा बस दुर्घटना, २ जना घाइते

कपिलवस्तु : कपिलवस्तुको वनगाईमा आज अपरान्न ३ .१५ मा बस दुर्घटना भएको छ ।

काठमाडौबाट धनगढी जादै गरेको ना ६ ख ७४६४ नब्बरको बस एकै दिशाबाट आईरहेको लु ५ प ११०६ नम्बरको मोटरसाईकललाई जोगाउने क्रममा दुर्घटना भएको हो ।

१५ जना सवार रहेको बस दुर्घटना हुदा २ जना घाईते भएका छन । कोहलपुर नगरपालिका निवासी पार्वती रोकाय र रुकुमका ललित भण्डारी सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर वहादुर कार्कीले जानकारी दिए ।

उनीहरुको अहिले सामुदायिक अस्पताल ४ नम्बरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कुनै मानविय क्षति नभएपनि बसमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्