Logo
११ श्रावण २०८१, शुक्रबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजाताले मागिन उपप्रधानमन्त्री : भनिन्– ‘यसरी पार्टी चल्दैन’

काठमाण्डौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । उनले भनिन ‘अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो, गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भैगयो नि ?’ उनले पार्टीभित्रका राम्रा–राम्रा मान्छेहरु अहिले सुतेर बसेको समेत गुनासो पोखिन् ।

सोमबार काठमाण्डौमा भएको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, ईमान्दार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रिय कार्यसमितिमा नियुक्ती गर्नु उचित हुँदैन् ।’

कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने समेत उनले चेतावनी दिईन् । त्यस्तै उनले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गरिन् । तपाई पनि उपप्रधानमन्त्री बन्न चाहानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्,‘म पनि नेता हुँ, मेरोपनि पार्टीमा योगदान छ, म पनि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भैसकेको मान्छे हुँ, मलाई माईनस गरिएको छ, मेरो पनि ७५ जिल्लामै नेटवर्किङ्, सही मान्छेलाई पन्छाएर पार्टी चल्दैन, अहिले सबैलाई सुताईएको छ ।’

उनले भनिन्,‘प्रधानमन्त्रीय पद्धती नै उचित छ, तल्लो सदनमा समानुपातिक हुनुहुँदैनथियो, माओवादीले जिद्दि गरेर राखिएको हो, त्यसैले अहिले आएर अन्ट सन्ट कुरा गर्नुहुँदैन् ।’ फरक प्रसँगमा उनले संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राख्नुपर्ने समेत स्पष्ट पारिन् । हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बकवास कुरा भएको उनको आरोप थियो ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्