Logo
१२ आश्विन २०८०, शुक्रबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै फुटेका माओवादी एकजुट हुने र एकैचोटी पहिलो पार्टी हुने

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी फुटको सिकार भएको भन्दै फेरि एकताका लागि पहल भइरहेको र सबै फुटेका माओवादी एकैचोटी एकजुट हुने तथा एकैचोटी पहिलो पार्टी हुने बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै भने, ‘अहिले त माओवादी पनि कति नामका भएका ? माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं । ’

उनले पार्टीका नेताहरु अब हेडक्वाटर तिर होइन जनतातिर फर्किनुपर्ने भन्दै पार्टीको काम कारबाही संगठीत रुपमा हुनुपर्नेमा जोड दिए ।  उनले भने, ‘हामी कहि न कहीँ बिग्रिएकै हो तर अब साच्चिकै सच्चिएर जान चाहन्छौं ।

माओवादी सच्चियोस् भन्ने जनताले चाहेका छन् ।’ उनले चुनावमा पार्टीले हार बेहोर्नुको आन्तरिक कारण खुलाउँदै भने, ‘वैचारिक रुपमा पार्टी एकता भएपनि भावत्मक रुपमा एकता हुन नसक्दा समस्या उत्पन्न भयो ।’

यो क्रममा नयाँ शक्तिकी नेत्री हिसिला यमीका स्वकीय सचिव धुव कार्कीसहित ७ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्