Logo
२ जेष्ठ २०८१, बुधबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश राजनीति केन्द्रित ‘संरक्षण’को ट्रेलर सार्वजनिक

पुर्णेन्दु प्रडक्सन द्वारा तयार पारिएको नेपाली चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा मधेशमा हुँदैगरेको आन्दोलन तथा राजनीतिलाई समेटिएको छ । सिकिम दुख्छ दर्जिलिङ दुख्छ तर आफ्नै मधेशको मन दुख्दैन्, जस्ता दमदार डायलगहरु रहेको चलचित्र ‘संरक्षण’को लेखन तथा निर्देशन पुर्णेन्दु झाले गरेका हुन् । झाले, ‘यस चलचित्रमा पोलिटिक्स भित्र हुने पावर, पुलिस, प्रेस र पब्लिक बिचको कथालाई समेटि झल्काउँने कोसिस गरेको छु बताए ।’

यस चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी जस्ता कलाकारको दमदार अभिनय हेर्न पाइनेछ । चलचित्र यहि श्रावण २७ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ । ‘संरक्षण’को सुटिङ बिरगंज, कलैया, हेटौडा लगायत काठमाण्डौमा भएको जानकारी निर्देशक झाले दिए । केहि महिना अघि मात्र यस चलचित्रको एउटा गीत होली सार्वजनिक भएको थियो । होली गीत धेरैले मनपराएका छन् भने यो गीतले राम्रो ठाउँ बनाएको छ ।

ट्रेलरको भिडियो हेर्न तल क्लिक गर्नुस् : 

प्रकाशित मिति: Jul 23, 2017

प्रतिक्रिया दिनुहोस्