Logo
१२ श्रावण २०८१, शनिबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै परिवारका चार जना मृत फेला, सामूहिक आत्महत्याको आशंका

काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन् । बस पार्कमा हाेटल (गौतम भोजनालय) संचालन आएका ३२ वर्षिय राजाराम दाहालसहित उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल शुक्रबार मृत अवस्था फेला परेका हुन ।

प्रहरीको नियमित गस्तिका क्रममा हाेटलकाे सटर बन्द रहेको तर सटरका लतको भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरकाे लक खोलि हेर्दा चार जान मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

विगत २ वर्ष भन्दा पहिले देखि दाहाल परिवारले बस पार्कमा गाैतम भाेजनालय सञ्चालन गर्दै आएका थिए । दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । वहिनिकाे विवाहकाे विषयले उग्र रुपलिदा घटना घटेकाे हुन सक्ने बताईन्छ ।

प्रहरीका अनुसार घटनास्थलमा सेलफस विषकाे भाडाे भेट्टिएकाे छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापा लगायतको टाेलिले अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति: Jul 22, 2017

प्रतिक्रिया दिनुहोस्