Logo
१२ श्रावण २०८१, शनिबार
(July 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा एक्कासी इन्धनको हाहाकार, सरकारी पम्पमा उपभोक्ताको लाईन

काठमाण्डौ । राजधानीमा बस्नेहरुको दिन चर्या अचेल उदेग लाग्दो छ, ट्राफिक जाम, सडकको खाल्डाखुल्डी ,पानी परे हिलो, घाम लागे धुलो । कतै निस्कनुपर्यो भने ४ घण्टा अगाडी निस्कनुको बिकल्प छैन । किन यस्तो भैरहेको छ काठमाण्डौमा ? लाग्छ नेतृत्व नै छैन ? देश चलाउने । हल्ला नै हल्लाको देश हो नेपाल भन्दा फरक नपर्ला ।

कारण प्रष्ट छ। राजधानीका अधिकांस पेट्रोल पम्पमा अहिले पेट्रोल छैन भन्ने स्टीकर लेखेर टाँसिएको छ । विगत केही दिनदेखि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। काठमाण्डौको भद्रकाली ,नेपाल प्रहरीको नक्सालमा रहेको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाईन देख्न पाईन्छ ।

नेपाल आयल निगमलाई सोध्यो पर्याप्त तेल छ , अभाब छैन भन्ने जवाफ दिन्छ ,पेट्रोल पम्पमा हेर्यो पेट्रोल छैन भन्ने ब्यानर टाँगिएको छ । कारण केहो त ? पेट्रोल संञ्चालकहरु भने निगमले सबै डिलरलाई पर्याप्त तेल दिन सकेन भन्ने गुनासो सुनाउँछन् । ४ हजार पेट्रोल लिएर १ सय लिटर पेट्रोल कम आउँछ हामीले कसरी बेच्ने कति नाफा खाने तपाईहरु आफै हिसाब गर्नुहोस भन्दै उल्टै पत्रकारलाई प्रश्न गर्छन पम्प सञ्चालकहरु ।

पेट्रोलको अभाब त छैन तर हल्लै हल्लामा उपभोक्ताले बढी भण्डारण गरेको उनीहरुको भनाई छ । एउटै मान्छेले १० लिटरसम्म स्टक राखेको पम्पसञ्चालकहरुको दावी छ । उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो ।

सरकारी सवारी साधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजिभन्दा बढी मौज्दात राख्ने गर्छन्। कारण जे भएपनि नेपाल आयल निगमले सुचना दिनै पर्छ । उपभोक्ताका लागी नत्र हल्लै हल्लाले बिकराल रुप नलेला भन्न सकिन्न ।

प्रकाशित मिति: Jul 20, 2017

प्रतिक्रिया दिनुहोस्