Logo
१२ श्रावण २०८१, शनिबार
(July 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियाले भेटिनन् ट्वाइलेट, सडक किनारामै फेर्नुपर्यो पिसाब

फिल्म उड्ता पंजाबका लागि उत्कृष्ट नायिकाको आइफा अवार्ड जित्ने आलिया भट्टले एउटा रमाइलो घटनाको खुलासा गरेकी छिन् । एक अन्तर्वार्ताको क्रममा आलियाले निर्देशक इम्तियाज अलीको फिल्म ‘हाइवे’ को सुटिङको क्रममा उनले सार्वजनिक रुपमा नै पिसाब फेर्नुपरेको बताइन् । उनले भनिन्, ‘वास्तवमा हामी यो फिल्मका लागि घुमक्कडको रुपमा सुटिङ गरिरहेका थियौं । फिल्मको थुप्रै दृश्य हामीले हाइवेमा नै सुटिङ गर्नुपरेको थियो ।’

आलिया थप्छिन्, ‘एकपटक हामी ट्रकमा हाइवेको यात्रा गरिरहेका थियौं तब हामीले निकै राम्रो लोकेशन देख्यौं । हामीले उक्त स्थानको अवलोकन गर्यौं र राम्रो लाइटका कारण केही हिस्सा सुटिङ गर्ने निर्णय गर्यौं । यद्यपी, सुटिङका बेला न त त्यहाँ कुनै ट्वाइलेट थियो न नै भ्यानिटी भ्यान । यस्तो अवस्थामा मैले सडकको किनारामा नै फिसाब फेर्नुपर्यो ।’ एजेन्सी

प्रकाशित मिति: Jul 18, 2017

प्रतिक्रिया दिनुहोस्