Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोपाल पराजुलीको नाम प्रधान न्यायधीशमा अनुमोदन

काठमाडौं, १ साउन । प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मतले अनुमोदन गरेको छ ।

गत विहीबार संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधिशका लागि सिफारिस गरेको थियो ।
सुशीला कार्की प्रधान न्यायाधीशबाट अवकास पाएपछि पराजुलीले कामु प्रधान न्यायाधीशको भूमिका निर्वाह गर्दै आएका थिए ।

तनहुँको काहँ शिवपुर–६ मा जन्मेका गोपाल पराजुली अधिवक्ताबाट कानुनी क्षेत्रमा आएका हुन् । पराजुलीले २०३६ सालदेखि २०४८ असोजसम्म अधिवक्ता बनेर काम गरेका थिए । उनी २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । पराजुली २०७१ मा सर्वोच्चमा न्यायाधीश बनेका हुन् ।

यसैबिच, संसदीय सुनुवाइ समितिमा उपस्थित भएका उनले प्रधान न्यायाधीश हिरोइज्म गर्ने पद नभएको बताए । प्रद्धति र प्रणालीको पक्षमा आफू रहेको भन्दै उनले न्यायलयको जनआस्था बढाउन आफूले काम गर्ने बताए । ३९ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले १५ प्रतिशत जनताको मात्र न्यायमा पहुँच रहेको विवरण पेश गरे ।

प्रकाशित मिति: Jul 16, 2017

प्रतिक्रिया दिनुहोस्