Logo
१० आश्विन २०८०, बुधबार
(July 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई हिन्द्राष्ट्र बनाउन शिवसेनाले हतियार उठाउने

नेपाललाई पुन हिन्दूराष्ट्र बनाउन शिवसैनीकहरुले आफ्नो रगतको खोला बगाउन परेपनि पछि नहटने चेतावनी दिएको छ । भारतको मुम्बईमा हालै भएको नेपाली शिवसेनाको भेलामा शिवसेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले नेपाल र नेपालीको रक्षार्थ शिवसेना मर्न र मार्न नडराउने बताएका हुन् ।

अध्यक्ष बस्नेतले भेलामा वितरण गरेको वक्तव्यमा ‘मातृभुमिको रक्षार्थ सबै नेपालीहरु अब एक हुनुपर्छ’ भनिएको छ । न्युमुम्बई स्थित पनवेलमा शिवसेना नेपालले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना सैनिकहरुलाई प्रशिक्षण समेत दिएको थियो ।

कार्यक्रममा अध्यक्ष बस्नेतले आफुहरु नेपाल आमाको सन्तान भएकाले आफ्नो आमा र धर्मको रक्षार्थ हतियार उठाएर मार्न र मर्न समेत अब सवै नेपालीहरु तयार रहुनुपर्ने बताए ।

उनले नेपालीहरुको जन्मसिद्ध पहिचानलाई मेटाउन खोज्ने धर्मका दलालहरुलाई छानि–छानी कारवाही गर्ने चेतावनी पनि दिए । उनले त्यसका लागि शिवसेना नेपाल २४ घन्टा खटिने छ बताए ।

प्रकाशित मिति: Jul 12, 2017

प्रतिक्रिया दिनुहोस्