Logo
१७ बैशाख २०८१, सोमबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुल्चोक–कुपन्डोलमा यस्तो हुने भयो फ्लाई ओभर : महानगर बोर्डको निर्णय

फ्लाइ अाेभरको सांकेतिक तस्विर

ललितपुर, ०९ असार : ललितपुर महानगरपालिकाले पुल्चोक देखि कुपन्डोलसम्म डेढ किलोमिटर लामोे फ्लाई ओभर निर्माणका लागि औपचारिक पहल सुरु भएको छ । पहिलो चरणमा योजना सम्भाब्यता अध्ययनका लागि परामर्सदाता छनौटको प्रक्रिया अघि बढाउने निर्णय भएको हो। कुमन्डोल बागमती पुल हुँदै काठमाडौं लिङ्क गर्नसक्ने परियोजनासँग बिस्तारका विषयमा छलफल भइरहेको छ । महानगर बोर्डले फ्लाई ओभर निर्माणगर्ने औपचारिक निर्णय गरेको हो ।

ललितपुर महानगरको मेयरका लागि नेपाली कांग्रेसका प्रत्यासी चिरीबाबु महर्जनले पुल्चोकदेखि कुपन्डोलसम्मको ट्राफिक जामको समस्या समाधान गर्न फ्लाई ओभर निर्माण गर्ने चुनावी नारा बनाएका थिए। पहिलो बोर्ड बैठकबाटै उनी वाचा पूरा गर्न केन्द्रित भएका हुन्। ललितपुरलाई काठमाडौंसँग जोडने प्रमुख लेनमा हुने अत्याधिक सवारीसाधनको चापले पछिल्लो केही वर्षयता पुल्चोकदेखि त्रिपुरेश्वर र माईतिघरसम्मको यात्रा कष्टकर छ।

‘फ्लाइ अाेभर निर्माण गर्ने भन्ने विषय उठाएका छौं। पहिलो चरणमा अध्ययनमा लागत अनुमान निकाल्ने काम हुँदैछ’, मेयर महर्जनले नागरिकन्युजसँग भने, ‘त्यसपछि कायान्वयनको चरणमा प्रवेश गर्छौं ।’ ‘फ्लाइ अाेभर निर्माण गर्ने भन्ने विषय उठाएका छौं। पहिलो चरणमा अध्ययनमा लागत अनुमान तथा अप्ठ्याराहरु बुझ्न थाहा हुनेछन्’, मेयर महर्जनले भने, ‘त्यसपछि कायान्वयनको चरणमा प्रवेश गर्छौं।’ महानगरले करिब डेढ किलोमिटर लामो फ्लाई ओभरलाई कुपन्डोलभन्दा अघि लैजाने वा नलैजाने बिषयमा सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको छ ।

जापान सरकारले माईतीघरदेखि त्रिपुरेश्वरसम्म फ्लाई ओभर निर्माणका लागि गृहकार्य गरिरहेको छ । ललितपुर महानगरले सो विषयमा जाईका र काठमाडौं महानगरलाई औपचारिक रुपमा पत्र लेख्दैछ ।  ललितपुर महानगरका प्रवक्ता रुद्रप्रसाद गौतमले बोर्डको निर्णयअनुसार प्रक्रिया अघि बढाउन छलफल भइरहेको बताए । उनका अनुसार महानगर ललितपुर बाहिर काठमाडौंले निन्तरता दिने बिषयमा छलफल भइरहेको हो ।

जेठ २२ को बोर्ड बैठकले फ्लाई ओभर निर्माण अध्ययनको औपचारिक निर्णय गर्दै आन्तरिक र बाह्य गृहकार्यलाई तीब्रता दिएको हो । ‘ट्राफिक ब्यवस्थापनको समस्या समाधान र महानगरलाई सक्रिय सहर बनाउने योजना अनुसार गृहकार्य काम भइरहेको हो, महानगर बोर्डको निर्णय अनुसार हामी काम गर्दैछौं’, वरिष्ठ इन्जिनियर गौतमले भने। महानगरले निर्माणमा प्रत्यक्ष जोडिएका सडक, खानेपानी, बिद्युत, टेलिफोन र प्रहरी तथा स्थानिय वडाहरुसँग निर्माणका बिषयमा प्रारम्भिक छलफल गरिरहेको छ।

 

साढे १३ अर्बको परियोजना

सरकारले यसअघि गरेको बबरमहल–त्रिपुरेश्वर फ्लाई ओभरको अध्ययनमा प्रतिकिलोमिटर नौ अर्व अनुमान गरेको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले गरेको अध्ययनमा उक्त रकमको प्रारम्भिक अनुमान भएको हो । महानगरले त्रिपुरेश्वर–माईतीघर–बबरमहलसम्मको फ्लाई ओभर निर्माणको गृहकार्य गरिरहेको जाईका सहित अन्य दातृ निकायसँग सहयोगको पहल गरिरहेको छ । जाईकाले नै त्रिपुरेश्वरलाई जक्कसन बनाएर पुल्चोकसम्म फलाई ओभर निर्माणका लागि ललितपुर महानगरले बिशेष आग्रहको तयारी थालेको हो।

उपमेयर गीता सत्यालले अनौपचारिक रुपमा जापान सरकारका प्रतिनिधिसहित अन्य दातृ निकायसँग कुराकानी भइरहेको बताइन्। ललितपुर महानगरको पर्यटन केन्द्र पुग्ने मुख्य प्रवेशद्वारमा हुनै दैनिक जाम ब्यवस्थापनका लागि फ्लाई ओभर जरुरी रहेको उनले बताइन् । ‘हामीले  पहिलो च रणमा निर्माणका बिषयमा छलफल गरिरहेका छौं, औपचारिक निर्णय भइसकेको छ । दातृ निकाय तयार भए महानगर सहकार्यका लागि तयार छ,’ उपमेयर सत्यालले भनिन । उनका अनुसार महानगरमा भेटघाटमा आउने दातृ निकायका प्रतिनिधिसँग फ्लाई ओभर निर्माणबारे अनौपचारिक छलफल भइरहेको छ । केही सकारात्मक पनि छन् ।

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्