Logo
१८ बैशाख २०८१, मंगलबार
(June 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई चुनावमा सहभागी हुन गच्छदारकाे आग्रह

मोरङ,  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले राष्ट्रिय जनता पार्टी नेपाललाई असोज २ गते हुने स्थानीयतह निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । सहभागी नभएर गल्ती नदोहोर्‍याउन उनले आग्रह गरे । विराटनगरमा बिहिवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राजपाले दोश्रो चरणको निर्वाचनमा नआएर आफैलाई घाटा पुर्‍याएको बताएका हुन् ।

‘संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नैपर्ने भएकाले सबैको सहभागिता आवश्यक छ,’ उनले भने, ‘प्रजातान्त्रिक पार्टीले कहिल्यै पनि निर्वाचनबाट भाग्न मिल्दैन तर राष्ट्रिय जनता पार्टीले त्यही गरिरहेका छन् । त्यसबाट राजपासँगै २ नम्बर प्रदेशका सबै जनतालाई व्यहोर्नुपर्ने भएकोले असोज २ गतेको निर्वाचनमा सहभागी हुन आग्रह छ ।’

उनले स्थानीय तह सञ्चालनका लागि सरकारले ऐन बनाउन विधेयक दर्ता गरिसकेको र चाडै नै ऐन पारित हुने बताए । उनले स्थानीय विकास मंत्रालयले स्थानीय तहको कार्य संचालनका लागि तत्कालका लागि कार्यादेश जारी गरेको र सबै स्थानीय तहलाई समान कानून बनाउन निर्देशन दिएको जनाए । गच्छदारले विराटनगर र बीरगंजलाई जस्तै जनकपुर र बुटबललाई पनि महानगरपालिका बनाउने तयारी भईरहेको र पूर्वाधार अभावले मात्र यसपटक महानगरपालिका बन्न नसकेको बताए ।

 

गल्ती नदोहोर्‍याउन आग्रह
गच्छदारले राष्ट्रिय जनता पार्टी नेपाललाई असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि नभएर गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् । विराटनगरमा बिहीवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राजपाले दोश्रो चरणको निर्वाचनमा नआएर आफैलाई घाटा पुर्‍याएको बताए । ‘संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नैपर्ने भएकाले सबैको सहभागिता आवश्यक छ,’ उनले भने, ‘प्रजातान्त्रिक पार्टीले कहिल्यै पनि निर्वाचनबाट भाग्न मिल्दैन । तर, राष्ट्रिय जनता पार्टीले त्यही गरिरहेका छन् । त्यसबाट राजपासँगै २ नम्बर प्रदेशका सबै जनतालाई व्यहोरिनु पर्ने भएकोले असो २ गतेको निर्वाचनमा सहभागी हुन आग्रह छ ।’

उनले स्थानीय तह सञ्चालनका लागि सरकारले ऐन बनाउन विधेयक दर्ता गरिसकेको र चाडै नै ऐन पारित हुने बताए । उनले स्थानीय विकास मन्त्रालयले स्थानीय तहको कार्य संचालनका लागि तत्कालका लागि कार्यादेश जारी गरेको र सबै स्थानीय तहलाई समान कानून बनाउन निर्देशन दिएको जनाए । मन्त्री गच्छदारले विराटनगर र बीरगंजलाई जस्तै जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउने तयारी भईरहेको र पूर्वाधार अभावले मात्र यसपटक महानगरपालिका बन्न नसकेको प्रष्टिकरण दिए ।

प्रकाशित मिति: Jun 22, 2017

प्रतिक्रिया दिनुहोस्