Logo
१८ बैशाख २०८१, मंगलबार
(June 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारमा नाकाबन्दीले नेपालमा पु–यायो यस्तो धक्का !

काठमाडौं ८ असार । कतार सकटमा फस्दाँ रोजगारका निम्ती नेपालीहरु त्यहाँ जाने क्रम घटेको छ । दुई साताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशतले घटेको हो ।

विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिब चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्वजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति जारी गर्ने गरेको वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेले कतारमा समस्या सिर्जना भएयता श्रम स्वीकृति लिनेको संख्या ४० प्रतिशतले घटेको जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स वृद्धिदर घटेको बेला कतारमा समस्या सिर्जनासँगै त्यता जानेको संख्या घट्न थालेपछि अर्थतन्त्र झनै प्रभावित हुने आशंका गर्न थालिएको छ ।

पछिल्ला वर्ष इन्धन बिक्री गरेर राम्रो आर्थिक र भौतिक प्रगति गरेको कतारलाई दुई साताअघि छिमेकी मुलुकहरूले एक्लो बनाउँदै वर्तमान सम्बन्ध तोड्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति: Jun 22, 2017

प्रतिक्रिया दिनुहोस्