Logo
१२ श्रावण २०८१, शनिबार
(June 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी र अमित साहद्धारा प्रस्तावित यी हुन भारतका नयाँ राष्ट्रपति !

राष्ट्रपति चुनावका लागि बिजेपीले अन्ततः आफ्नो उम्मेद्वारीको घोषणा गरेको छ । बिहारका गवर्नर रामनाथ कोविन्द (७१) एनडीएका उम्मेद्वार हुन्छन् । उनले २३ जूनमा आफ्नो नोमिनेशन फाइल गर्ने सम्भावना रहेको छ । कोविन्द यूपीसँग सम्बन्धित छन् र उनी दलित हुन् । उनी अटल बिहारी बाजपेयीका निकट मानिन्छन् ।

सोमबार बीजेपी संसदीय बोर्डको ४५ मिनेट लामो छलफलपछि उनको नाममाथि निर्णय गरिएको हो । छलफलपश्चात् भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले भने, ‘मोदीजीले आफैं सोनियाजी र मनमोहन सिंहजीसँग कुरा गरेका छन् ।’ यता कांग्रेसले भने सरकारले सहमतीबाट निर्णय नलिएको र उम्मेद्वार तय गरेपछि मात्र जानकारी दिएकाले सबैको धारणा सार्वजनिक हुन नपाएको आरोप लगाएको छ ।

को हुन् रामनाथ कोविन्द ?

रामनाथ कोविन्दको जन्म सन् १९४५ अक्टोबर १ तारिखमा भएको थियो । उनी कानपूरको डेरापुर तहसील गाउँमा बस्छन् । पेशाले वकिल रहेका कोविन्द सन् १९९४ देखि २००६ का बिच दुईपटक राज्यसभाका लागि चुनिएका छन् । उनी सन् १९९८ देखि २००२ का बिच बिजेपी दलित मोर्चाका अध्यक्ष र अल इन्डिया कोली समाजका अध्यक्ष पनि रहे । उनी बिजेपीका नेशनल स्पोक्सपर्सन पनि बनिसकेका छन् । एजेन्सी

प्रकाशित मिति: Jun 20, 2017

प्रतिक्रिया दिनुहोस्