Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाईको नयाँ गाडीमा गम्भीर समस्या, भित्री कुरा यस्तो ! 

काठमाडौं, ४ असार । हुन्डाईको नयाँ गाडीमा गम्भीर समस्या देखिएको छ । हुन्डाईको नेपालकालागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टीनेटनल प्रालि (Laxmi interContinental pvt.ltd) ले नेपाली बजारमा ल्याएको ( i-10) गाडीमा गम्भीर समस्या देखिएको हो ।

पीडितहरुका अनुसार गाडी किनेको दुई दिनमै नयाँ गाडीमा समस्या देखिएको छ । नाम नबताउने सर्तमा गाडी नम्बर बा १६ च ४२९२ नम्बर रहेका एक पीडितले २३ लाख हालेर खरिद गरेको सो गाडी गुडाउन नपाउँदै त्यत्तिकै थन्काएर राख्नुपरेको बताए ।

उनका अनुसार गाडीमा अनावश्यक आवाज आउने अर्थात थर्रथर्राउने,गाडीका सिसा ढोका लुज, पावर इस्टेरिङ्गमा खराब,गेयर बक्स भित्र रहेको रिलिज वेरिङ्मा समस्या आएको छ ।

यसबारेमा उनले खरिद गरेको कम्पनीलाई बारम्बार जानकारी गराएपनि सामान्य समस्या भएको भन्दै समस्या समाधानमा चासो दिइएको छैन् । उनी अहिले कानुनी उपचारका निम्ती प्रक्रिया अघि बढाउने सुरमा छन् ।

यसले पछिल्लो समय नेपालमा नयाँ गाडी भित्रने क्रम धेरैनै बढेतापनी गाडीको गुणस्तरीयतामाथी गम्भीर प्रश्न खडा गरेको छ । स्रोतका अनुसार, दक्षिण कोरीयामा काम नलागेका गाडीहरु हुन्डाईले सामान्य मर्मत गरी नेपाल भित्राएका कारण यस्तो समस्या देखिएको बताइन्छ ।

स्रोतले भन्यो, ‘दक्षिण कोरीयामा काम नलग्ने भएका गाडी हुन्डाईले चाडबाड, नयाँ बर्षको उपलक्ष्यमा भारी छुट दिई बेचेको छ । त्यस्ता कमशल गाडी हुन्डाईले बेचिरहँदा नेपालीको लाखौं रुपैयाँ फस्ने र नचलाउँदै ग्यारेजमा पुग्ने समस्या धेरै छ ।’

यस्तै,कर छलेर  त्यस्ता कमशल गाडी लुकिछिपी नेपाल भित्राउने क्रम समेत पछिल्लो समय बढेको छ । स्रोतले अघि थप्यो, ‘भन्सारका अधिकारीहरुलाई प्रलोभनमा पारी रातारात सिमाबाट कमशलका गाडी भित्राइदाँ यस्तो हुन पुगेको हो ।’

यसैविच, हुन्डाईले विक्रि गर्ने अन्य गाडीको बारेमा पनि हामीमाझ गुनासो पोख्नेहरु बढेका छन् । हामीमाझ आएका गुनासाहरु हामी पुष्टी गर्ने तरखरमा छौं प्रतिक्षा गर्नुहोला ।

थप गुनासा टिपाउनुहोस्

के तपाईसँग पनि यस्तै गुनासाहरु छन् ? यदी छन् भने हामीलाई खबर गर्नूहोस्, हामी चिरफार गछौं । अनि बनाउछौं खबरै खबर । हामीलाई सिधा सम्पर्क गर्नुहोस्, सम्पर्क कार्यलय-गौतमबुद्ध मार्ग, अनामनगर, कठमाडौं फोन नम्बर : ०१–४२६९९४१, इमेल[email protected], हामी निरन्तर न्यूजमा छौं ।।

प्रकाशित मिति: Jun 18, 2017

प्रतिक्रिया दिनुहोस्