Logo
१२ श्रावण २०८१, शनिबार
(June 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुखान्त घटनाहरुका कारण बेलायतमा राष्ट्रव्यापी रुपमा उदासिनता : महारानी

लण्डन,  बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागीमा भएको पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताएको छ । शनिबार महारानीले राज्यद्वारा परम्परागत मनाइदै आएकोे जन्मोत्सवका अवसरमा दिएको सन्देशमा महारानीले भनेकी छिन, ‘पछिल्ला हप्ताहरुमा बेलायतले एकपछि अर्को दुखद् घटनालाई बेहोर्नुपरेको छ ।

परम्परागत रूपमा आज खुशी मनाउने दिन हो तर केही महिना यता भएका दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापीरुपमा पीडाको अनुभुति भएको छ यसका कारण सवैमा उदासिनता छाएको र यसबाट भाग्न मुश्किल भएको छ ।’  बेलायतमा महारानीको जन्मदिन दुईपटक मनाउने प्रचलन छ । महारानीको वास्तविक जन्मदिन अप्रिलमा भएपनि जन्मदिनलाई भब्य वनाउन राम्रो मौसमका लागि गृष्मकालिन आजको दिन (जुन १७) लाई भब्य समारोहकावीच मनाउने परम्परागत छ ।  कम्तिमा ३० जनाको ज्यान जाने गरी भएको ग्रीनफेल टावर आगलागी विरुद्धको विरोध प्रदर्शनपछि आएको महारानीको सन्देशमा भनिएको छ, ‘परिक्षणको बेला छ, कठीन परिस्थितिमा अधिराज्य अटल रहेको छ ।’

महारानी र राजकुमार विलियम्सले शुक्रबार स्वयंसेवकहरु, बासिन्दा र समुदायका प्रतिनिधिहरुसँग भेतटेको थियो ।  शनिबारको सन्देशमा महारानीले म्यानचेष्टर र लण्डनका पछिल्ला भ्रमणक्रममा आवश्यक परेकाहरुलाई तत्काल सहयोग पुर्याउने मानिसहरुको तत्परताबाट आफू प्रभावित भएको बताएकी छिन ।’ ‘दुखका बेला हामी एकबद्ध भएका छौं, कसैलाई काखा पाखा नगरीकन र त्रसित नभैकन आफ्नो सर्वश्व गुमाएका प्रभावितहरुलाई सहयोग गर्न हामी उत्तिकै प्रतिबद्ध छौं, उनले भनिन ।’

गत बुधबार पश्चिम लण्डनस्थित आवासीय भवनमा आगलागी हुँदा कम्तिमा ३० जनाको ज्यान गुमेको र अझै केही वेपत्ता रहेका छन् । दुर्घटनामा थप कति परे भन्ने आँकडा भने आइसकेको छैन ।  यसैवीच शुक्रबार केन्सिङ्टन क्षेत्रमा जाँदा प्रधानमन्त्री टेरिजा मेले दुर्घटनाप्रति उनको व्यवहारलाई लिएर आलोचना भएको छ । प्रधानमन्त्रीले घटनाको अनुसन्धान गरी तथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै आजै केही घाइते तथा मृतकका आफन्तसँग भेटी सान्त्वना दिएकोे छ । रासस/ सिन्ह्वा

प्रकाशित मिति: Jun 18, 2017

प्रतिक्रिया दिनुहोस्