Logo
१२ श्रावण २०८१, शनिबार
(June 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाल्टिन सफल: दयाहाङ र प्रियंकाको ‘लाल्टिन’ करोड क्रस

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता दयाहाङ राइको लाल्टिन बाल्न सफल भएको छ । अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ र प्रियंका अभिनित चलचित्र लाल्टिन ब्यवसाहिक रुपमा सफल हुने देखिएको छ ।

देबकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रले मंगलबारसम्म १ करोड, २० लाख माथिको ब्यवसाय गरेको निर्माण पक्षको दाबी रहेको छ । निर्माता भाुनप्रतावका अनुसार चलचित्रले प्रदर्शनकै दिन अर्थात शुक्रबार उपत्यकामा १५ लाख र मोफसल ९ लाखको कमाई गर्दै ओपनिङ राम्रो सुरुवात गरेको थियो ।

त्यस्तै चलचित्रले शनिबार उपत्यकामा ३८ लाख र आइतबार २० लाखको कमाई र मोफसलमा शनिबार २२ लाख र आइतबार १३ लाखको कमाई गरेको थियो । सोमबार र मंगलबार पनि यहि हाराहरीको ब्यवसाय गरेको निर्माता भनुको भनाईरहेको छ ।

काठमाडौ सहरभित्र हुने अपराधिक क्रियाकलाप र त्यसले निम्त्याएको परिस्थितिलाई चित्रण गरेको ‘लाल्टिन’ दयाहाङ राई, प्रियका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकार अभिनित चलचित्र हो ।

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्