Logo
५ जेष्ठ २०८१, शनिबार
(June 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘डाक्टर…खाते’ साउन ६  बाट देशव्यापी प्रदर्शनमा आउने

काठमाडौं :  सडक बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भविष्यमा डक्टर लगायत विभिन्न उच्च स्थानमा पुन्न सक्छन्, भन्ने बिषय बस्तुमा निर्माण भएको ‘डाक्टर…खाते’ साउन ६  बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

कार्यक्रममा बिकाश बोर्ड सदस्य तथा चलचित्रका बितरक नरेन्द्र महर्जन, निर्देशक तथा नेपाल संस्कृतीक संघका अध्यक्ष तिर्थ थापा, कलाकार सम्म्राट सापकोटा लगायतले चलचित्रको बिषयमा बोलेका थिए ।

६ साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई उपत्यकामा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण गर्नेछ । चलचित्र कलाकार रोशनी केसीले बनाएकी हुन् ।
आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो ।

जगदिश्वर थापाको लेखन, रबीराज अर्यालको निर्देशन रहेको चलचित्रमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन र डब्बु क्षत्रीको ‘कास्टिङ’ रहेको छ ।

आर आर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्धारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो । चलचित्रका निर्देशक केही बर्षदेखि अमेरिकामा रहँदै आएका छन् ।

प्रकाशित मिति: Jun 13, 2017

प्रतिक्रिया दिनुहोस्