Logo
१२ बैशाख २०८१, बुधबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका नेता / कार्यकर्ता निर्वाचन बिथोल्न सडकमा

वीरगञ्‍ज, जेठ २९ : आन्दोलनको घोषणासँगै राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न सोमबार देखि सडकमा उत्रिएका छन् । पर्सामा सोमबार राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले चुनावसँग सम्बन्धित दुईवटा कार्यक्रममा अवरोध पुर्‍याएका छन् । नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा आयोजना गरिएको मतदान अधिकृतहरुको दुई दिने प्रशिक्षण कार्यक्रम विथोल्न पुगेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरी बीच सामान्य झडप समेत भएको छ।

वीरगञ्जको श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा सोमबार देखि आयोजना गरिको मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता कार्यताहरुले अवरोध पुर्‍याएका हुन् ।  उनीहरुले कार्यक्रम स्थल अगाडि सोमबार बिहान टायर बालेर निर्वाचन विरोधी नाराबाजी पनि गरेका थिए। उनिहरुले प्रशिक्षण कायृक्रममा सहभागी हुन आएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाइ कार्यक्रम स्थलमा प्रवेश गर्न नदिइ उनिहरुको जस्उमा हिलो पनि छयापिदिएका थिए।

कार्यक्रम स्थल अगाडि राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेपनि कडा सुरक्षा दिएर विद्यालय परिसर भित्र कार्यक्रम भने सञ्चालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । मतदान अधिकृतहरुलाई प्रशिक्षण कार्यक्रममा अवरोध पुर्‍याएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

मधेसलाई अधिकारबाट वञ्चित गरेर गर्न लागिएको चुनाव कुनैपनी हालतमा सफल हुन नदिने पार्टीको निर्णय अनुसार प्रदर्शन गरिएको राष्ट्रिय जनता पार्टीका युवा नेता इश्वर यादवले बताए । यस्तै पर्साको पकाहामैनपुर गाउँपालिकामा असार १४ गतेको निर्वाचन सम्बन्धमा छलफलका लागि सोमबार आयोजना गरिएको सर्वदलीय बैठकमा पनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले अवरोध पुर्‍याएका छन् ।

राजपाका स्थानिय नेता उपेन्द्र सहनीको नेतृत्वमा गएका कार्यकताहरुले गाउँपालिकाको कार्यलयमा आयोजना गरिएको सर्वदलिय बैठकमै गएर हो–हल्ला गरेका थिए। सर्वदलिय बैठक चलिरहेको अवस्थामा गएर माईनट बुक च्यात्नुका साथै हो हल्ला गरेर बैठक विथोलि दिएको राजपाका नेता गोविन्द यादवले बताउनु भयो। त्यस क्रममा दुवै तर्फबाट चर्काचर्की समेत भएको उहाँले बताए ।

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्