Logo
१२ श्रावण २०८१, शनिबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले तोक्यो उम्मेदवार: नवलपरासी र सुनसरीमा को को परे ?

काठमाण्डौ, जेष्ठ २५ : लामो विवादपछि नेपाली कांग्रेसले प्रदेश नम्बर ५ मा पर्ने ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसमा उम्मेदवारका आकांक्षी बढेर जिल्ला कार्यसमितिले उम्मेदवार छान्न नसकेपछि केन्द्रीय समितिले बिहीबार उम्मेदवारको टुंगो लगाएको हो ।

अन्य दलले प्रमुख पदमा उम्मेदवार तोकेर प्रचारमा हिडेको ९ दिनपछि कांग्रेसले आफना उम्मेदवार तोकेको हो । सुनसरी जिल्ला कार्यसमितिलाई नै अधिकार हुँदाहुँदै पनि कांग्रेसले दुई उपमहानगर र चार नगरपालिकाको मेयर पदको उम्मेदवारी केन्द्रिय कमिटीबाट टुंग्याएको छ ।

धरान उपमहानगरपालिका : मेयर तिलक राई
इटहरी उपमहानगरपालिका : मेयर रोहित प्रसाईं
इनरुवा नगरपालिका : मेयर राजन मेहता
रामधुनीका नगरपालिका : मेयर जयप्रकाश चौधरी
दुहवीमा नगरपालिका : मेयर गौरीशंकर रौनियार
बराहामा नगरपालिका : मेयर बाबुराम विष्ट

बर्जू गाउँपालिका : अध्यक्ष इस्राइल अन्सारी
भोक्राहा गाउँपालिका : अध्यक्ष अजमल आजाद
हरिनगरा गाउँपालिका : अध्यक्ष गफार अन्सारी
गढी गाउँपालिका : अध्यक्ष श्रीप्रसाद यादव
कोसीमा गाउँपालिका : अध्यक्ष अयूव अन्सारी
देवानगन्ज गाउँपालिका : अध्यक्ष लालीप्रसाद मेहता

त्यस्तै नवलपरासीमा जिल्ला कार्यसमितिलाई नै अधिकार हुँदाहुँदै पनि कांग्रेसले मेयर पदको उम्मेदवारी केन्द्रिय कमिटीबाट टुंग्याएको हो ।

रामग्राम नगरपालिका : मेयर नरेन्द्र गुप्ता, उपमेयर रम्भा कुँवर
सुनवल नगरपालिका : मेयरमा भरत थापा, उपमेयरमा तारा भण्डारी
बर्दघाट नगरपालिका : मेयरमा विश्व प्रेम पाठक, उपमेयरमा रमिता चौधरी
सुस्ता गाउँपालिका : अध्यक्षमा हसबुद्धिन शेख, उपाध्यक्षमा बिमला उपाध्याय
सरावल गाउँपालिका : अक्ष्यक्षमा प्रदीप अग्रहरि र उपाध्यक्ष उपमा राय
पाल्ही नन्दन गाउँपालिका : अक्ष्यक्ष राजेन्द्र शहानी, उपप्रमुखमा साबित्रि कोहार
प्रतापपुर गाउँपालिका : अक्ष्यक्ष राजकुमार शर्मा, उपाध्यक्षमा अन्जु चौधरी

 

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्