Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा भन्छन ‘तीन वटै तहको निर्वाचन सम्पन्न गर्नु चुनौतिपूर्ण’

काठमाडौं, जेठ २५ :  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी माघ सात गतेभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् । देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीलाई विजयी बनाउने जिम्मेवारी युवा÷ विद्यार्थीहरुको काँधमा रहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन एकतावद्ध भएर लागि पर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विहीबार नेपाल विद्यार्थी संघले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन परिचालनसम्बन्धि अभिमूखिकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रको लागि लडेको काँग्रेस सामू यसको सुदृढिकरण गर्ने जिम्मेवारी पनि आईपरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी गराउन युवा/विद्यार्थीहरुको मुख्य भूमिका हुने स्पष्ट पारे । उनले आगामी तीनवटै तहको निर्वाचनलाई पार्टीले कठिन परिक्षाको घडीका रुपमा लिएको उल्लेख गर्दै त्यसमा सफलता हासिल गर्न सिंगो पार्टीपंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने उल्लेख गरे । वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी भएकाले उम्मेदवारी चयनमा समस्या आएको बताए ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्