Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं, जेठ २१: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।आइतबार संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

देउवालाई समर्थन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र तीब्र मतभेद रहँदै आएको सन्दर्भमा अन्तिम समयमा आएर समर्थन गर्ने निर्णय भएको हो । संसदमा राप्रपाको ३७ सिट रहेको छ । देउवालाई संघीय समाजवादी फोरम नेपालले पनि समर्थन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Jun 4, 2017

प्रतिक्रिया दिनुहोस्