Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ्ग की मधेसी मूलकी नीकिता भइन मिस नेपाल

काठमाडौँ : मोरङ उर्लाबारीकी २० वर्षीया नीकिता चन्दक यो वर्षकी MIss Nepal बनेकी छिन् । होटल अन्नपूर्णमा भएको मिस नेपाल २०१७ मा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन् । मधेसी मूलकी नीकिता चन्दकले आगामी वर्ष हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

व्यवसायिक मोडल रहेकी चन्दकले भारतको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा फेसन कम्युनिकेसन अध्ययन गरेकी छिन् । मुख्य जज नेपाल राष्ट्र बैँकका गभर्नर चिरन्जीवी नेपालको महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान पुर्‍याउन सक्छन् भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस अर्थ नेपालको टाइटल हात पारेकी हुन् ।

रोजिना श्रेष्ठ मिस नेपाल अर्थ भइन् भने मिस नेपाल इन्टरनेसनको उपाधि अर्की मोडल नीति शाहले पाइन् । सहारा बस्नेत मिस एसिया प्यासेफिक इन्टरनेसनल घोषित भइन् ।

प्रकाशित मिति: Jun 3, 2017

प्रतिक्रिया दिनुहोस्