Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय प्रहरीका DSP सहित ७ जना नेपालमा गिफतार

नवराज महर, डोटी, जेष्ठ १८ : भारतिय प्रहरीका डिएसपीसहित ७ जनालाई नेपालमा गिफतार गरिएको छ ।  गत बुधबार मध्यरातमा एक नेपालीलाई बन्धक बनाई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीलाई पक्राउ गरिएको हो  । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ ।

दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर लैजाने क्रममा भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा आएको सातजनाको टोली पक्राउ परेको हो ।

बन्धक बनाइएका आउजीलाई पनि प्रहरी कार्यालयमा छुट्टै हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे पत्रकारलाई कुनै सूचना दिएको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले घटनाबारे जानकारी दिन नमिल्ने बताएका छन् ।

प्रहरीले घटनामा संलग्न गाडी त्रिपालले छोपेर राखेका छन् । पत्रकारहरुलाई फोटो खिच्न पनि दिइएको छैन । पक्राउ गरिएका आउजीका छिमेकीका अनुसार राति करिव २ बजे भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लालबहादुर आउजीको घर देखाउन लगाएका थिए । भारतीय प्रहरीले लालबहादुरलाई घरमा सुतीरहेको अवस्थामा पक्राउ गरेका हुन् ।

प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालबहादुरकी श्रीमतिले ढोका खोलेकी थिइन् । एक्कासी भारतीय प्रहरी घरभित्र पसेर कुटपीट गर्नुका साथ जबरजस्ती गाडीमा बन्धक बनाएर ल्याएका थिए ।’ घटना लगत्तै स्थानीयले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । लडागडा प्रहरी कार्यालयले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिए । प्रहरी कार्यालयले कार्यालय बन्धक बनाइएका आउजीसहितलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Jun 1, 2017

प्रतिक्रिया दिनुहोस्