Logo
१३ बैशाख २०८१, बिहीबार
(June 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई बाटो खुल्यो: प्रधानमन्त्री बन्न कुन–कुन पार्टीको सहयोग

फाइल तस्विर

काठमाडौं, जेठ १८ :  राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

भण्डारीले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन । यसअघि राष्ट्रपतिले सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समयसीमा गएराती सकिएको थियो ।

अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने छ भने प्रधानमन्त्रीको दौडमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको राजीनामापछि अव काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतिय सरकार गठनको गृहकार्य शुरु भएको छ । आज राष्ट्रपति विद्या भण्डारीले बहुमतिय प्रक्रिया अगाडि बढाउन आव्हान गरेलगत्तै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको काम अगाडि बढाउने छ । अर्थात, अवको तीन–चार दिनभित्र काँग्रेस सभापति देउवा बहुमतिय प्रधानमन्त्री हुनेछन् ।

सहमतिय सरकार गठन सम्भव नभएपछि देउवा अहिलेकै सत्ता गठबन्धनको सहयोगमा प्रधानमन्त्री बन्न थालेका हुन् । हाल संसदमा ५९३ सांसद छन्, अर्थात बहुमतिय सरकार गठनका लागि देउवाको पक्षमा २९७ सांसदको खाँचो हुन्छ ।

अहिलेको सत्ता गठबन्धनसँग ३११ सांसद छन् । अर्थात बहुमतिय सरकार गठनका लागि देउवालाई कुनै समस्या छैन । थप दलहरुको समर्थन जुटाए अरु धेरै सांसदको समर्थनमा उनी प्रधानमन्त्री हुनेछन् ।

अहिलको तथ्याङ्क अनुसार कांग्रेससँग २०७, माओवादी केन्द्रसँग ८२, नेपाल लोकतान्त्रिक फोरमसँग १७, नेकपा संयुक्तसँग ३, अखण्ड नेपालसँग १ र समाजवादी जनता पार्टीसँग १ एक सांसद छन् । यसबाहेक काँग्रेस सभापति देउवाले राप्रपा नेपालको समर्थन जुटाउने गृहकार्य पनि गरेका छन् । राप्रपासँग ३७ सांसद छन् ।

संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने देउवाको योजना छ । सरकारमा सहभागी नभए संघीय समाजवादी फोरमको समर्थन जुटाउने देउवाको दोस्रो कार्यसूचि छ । राष्ट्रिय जनता पार्टीले भने सरकारमा सहभागी नहुने बताईसकेको छ ।

सरकार गठनका प्राविधिक काम टुंगाउन र अन्य पार्टीको समर्थन जुटाउन सत्तारुढ काँग्रेस र माओवादीले कार्यदल पनि बनाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीका तर्फबाट कृष्णबहादुर महरा र बर्षमान पुन छन् । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Jun 1, 2017

प्रतिक्रिया दिनुहोस्