Logo
८ बैशाख २०८१, शनिबार
(June 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ गतेसम्मको लागि बैठक स्थगितः एमालेद्वारा संसद अवरुद्ध !

काठमाडौं, जेठ १८: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे विहिबार पनि व्यवस्थापिका संसद बैठक अबरुद्ध पारेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठेर अवरोध जनाईरहेको समयमा नियमापत्तिका लागि बोल्न दिन नसक्ने सभामुखले बताएपछि सांसद विडारीले एकोहोरो नियमापत्ति भनेपछि बैठक हाँसोले गुञ्जयमान भएको थियो ।

सभामुख ओनसरी घर्तीले विहिबारको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् ।
अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो ।

एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभामुख घर्तीले जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिन् ।
संसद सचिवालयले विहिबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने , अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४/०७५को राजश्वर र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची तय गरेको थियो ।

प्रकाशित मिति: Jun 1, 2017

प्रतिक्रिया दिनुहोस्