Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा ‘चमेकी चमेली’ बनेकी प्रियंकाकै चर्चा

यो मनमा खेल्न खोन्छौ बहेली, मातेर झुकाउदै परेकी
मै क्याली सबैलाई क्या प्यारी, अधेरीका देख्छौ उजेली
म त चमेकी ,म त चमेली, म त चमेली ! 

पछिल्लो समय बालकदेखि बृद्धासम्मको मुखमा भुन्डिन सफल यो गीत हो चलचित्र ‘लालटिन’को । गीतमा अभिनेत्री प्रियंका कार्कीले हट एण्ड सेक्सी नृत्य प्रस्तुत गरेकी छन् । चलचित्रको यो आइट गीत पनि हो । यही गीतका कारणले पनि चर्चामा रहन सफल ‘लालटिन’ भित्र अन्य केही राम्रा गीत पनि रहेको बताइएको छ ।

अभिनेत्री प्रियंकाले पनि चलचित्र आफ्नो लागि बिशेष रहेको बताउदै आएकी छन् । केही पहिले निर्माण युनिटले आयोजना गरेको एक कार्यक्रममा पनि उनले लालटिनले आफ्नो अभिनय करियरमा उचाही थप्ने बताएकी थिइन् ।

यही २६ जेठ प्रदर्शन मिति तय भएको चलचित्रमा अभिनेत्री प्रियंका अभिनेता दयाहाङकी चमेली बनेकी छन् । चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, भानु प्रताप लगायत कलाकारको समेत अभिनय रहेको छ । यी सबै कलाकारले बिभिन्न चलचित्र मार्फत आफु राम्रो कलाकार भएको प्रमाणीत गरिसकेका छन् ।

चलचित्रको प्रोमोले पनि दर्शकको मनजित्न सफल भएको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र अभिनयमा भिलेको रुपमा आफुलाई स्थापित गरेका भानु प्रतावको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा हरि घले लामाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका निर्माता अनिम श्रेष्ठ र राज केसी हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ सह निर्माता रहेको चलचित्र एमसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्