Logo
८ बैशाख २०८१, शनिबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपेन्द्रको प्रेममा आधारित बन्ने भो ‘दीपेन्द्र सरकार’

काठमाडौ : तत्कालिन युवराज दीपेन्द्र शाहको प्रेमकथामा आधारित चलचित्र ‘दीपेन्द्र सरकार’ बन्ने भएको छ । आशुसेन प्रोडक्सनले तत्कालिन राजा दीपेन्द्रको प्रेमकथामा जीवनीमा आधारित भएर चलचित्र बनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । आगामी २०७५ जेठ १९ गते रिलिज हुने गरी बनाइने उक्त चलचित्रमा नेपाली ईतिहासको ऐतिहासिक घटना र पात्रमाथि केन्द्रीत रहेर सिनेमा बनाउन लागेको निर्माण पक्षले जनाएको छ ।

नेपाल बेलायत र अमेरिकामा छायांकन गरिने सिनेमाको छायांकन भव्य सेट निर्माण गरेर गरिने निर्माता सनतोष सेनले बताए । चलचित्रमा दीपेन्द्रको भुमिका नायक प्रदीप खड्काले निभाउने भएका छन् । जसिका लागि नायक खड्काले अहिलेबाटै आफुलाई दीपेन्द्रको स्वरुपमा बदल्न तौल बढाउनेदेखि अनुसन्धानमा क्रियाशील बनेका छन् ।

करिव ५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको चलचित्रको मेगाप्रोजेक्टका निर्देशक भने केहि समयपछि मात्रै सार्वजनिक गरिने भएको छ ।  वायोपिक जानरामा राखिएको यो चलचित्र दुई फरम्याटमा तयार हुने बताइएको छ । फेस्टिभलका लागि डेढघण्टा र व्यवसायिक रिलिजका लागि २ घण्टा लामो चलचित्र तयार गरिनेछ ।

प्राबिधिक युनिट र बाँकी कलाकार छिट्टै सार्वजनिक गरिने निर्देशक सेनले पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि आशुसेन फिल्मस प्रालिले प्रेमगीत, चंखे शंखे पंखे चलचित्र बनाइसकेको छ ।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्