Logo
७ बैशाख २०८१, शुक्रबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक: २ गते उम्मेदवारी  दर्ता 

काठमाडौं, जेष्ठ १७ : सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले असार २ गतेदेखि असार १४ गतेसम्मका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार असार २ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

असार ३ गते नै मनोनयनपत्र जाँच गर्ने, ४ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारले नाम फिर्ता लिने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।असार १४ गते मतदान हुनेछ ।

जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन यसअघि असार ९ गते सारिएको थियो । असार ९ मा मुस्लिम धर्मावलम्बीको रमजान रहेकाले पुन: सारेर १४ गते पुर्‍याइएको हो ।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्