Logo
६ बैशाख २०८१, बिहीबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रु १२ खर्बभन्दा बढीको बजेट सोमबार आउँदै

काठमाडौँ, जेठ १४ : सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदन समक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो ।

गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ ।

 

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्