Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति तथा कार्यक्रममाथि एमालेको यस्तो आयो प्रतिक्रिया

काठमाडौ, जेठ ११ :  सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षले मिश्रित प्रतिकृया दिएको छ ।

नीति तथा कार्यक्रमपछि एमाले नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारको नैतिक पक्षमा प्रश्न उठाउदै अघिल्लो दिन प्रधानमन्त्रीले राजिनामा दिनु र भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउनु असुहाउदो भएको प्रतिकृया दिए ।

यद्यपी अधिकारीले स्थानीय तहको दोस्रो चरणको चुनाव र माघ ७ भित्र तीनै चरणको निर्वाचन गर्ने सरकारी प्रतिवद्धतालाई सकारात्मक रुपमा लिएको भन्दै त्यसलाई एमालेले सम्मान गर्ने बताए ।

पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी नीति तथा कार्यक्रम

सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचन आचारसंहिता लागू भएकाले पुरानै कार्यक्रमलाई समेटिएर नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।

सरकारले आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन गरिसक्ने नीति लिइएको छ । राष्ट्रपति भण्डारीले संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले संविधानअनुसार बन्न बाँकी कानून निर्माणलाई तीब्रता दिइने बताइन् । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ सिंहदरबारको अधिकार गाउँ नगरमा हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको पनि बताइन् ।

१५ वर्षदेखि नेतृत्वविहीन रहेका स्थानीय निकाय पुनर्सरचना गरी २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको भएको भएको समेत उनले बताइन् । भूकम्पबाट ध्वस्त संरचनाको पुर्ननिर्माणलाई तीब्रता दिइने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।  यस्तै लोडसेडिङको अन्त्य गर्न सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षमा पनि थप पहल गरिने भएको छ ।

भण्डारीले उज्यालो नेपाल अभियानमार्फत राष्ट्रलाई समृद्धितर्फ लगिने भन्दै त्यसैबाट देशलाई आत्मनिर्भरताको बाटोमा लगिने बताइन् ।
नीति तथा कार्यक्रममा बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राखिएको तथा अन्तरदेशीय प्रशारण लाइन विस्तार, लोकमार्ग निर्माण जस्ता विषय पनि सरकारको प्राथमिकतामा परेको छ ।

प्रकाशित मिति: May 25, 2017

प्रतिक्रिया दिनुहोस्