Logo
६ बैशाख २०८१, बिहीबार
(May 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चुनावी नतिजापछि पौडेल र खड्का विच गोप्य वार्ता’

काठमाडौं, ४ जेठ : स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला प्रमुख दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभन्दा कमजोर बनेको भन्दै काँग्रेस शीर्ष नेताहरुले समिक्षा गरेका छन् ।

चुनावी नतिजाले कांग्रेसमा उत्पात मच्चिएको छ । कस्ले समाल्ला अब काँग्रेस ? पार्टी भित्र र बाहिर शभापति देउवाको चर्को आलोचना भइरहेको छ । वास्तवमा नेपाली कांग्रेसका क्याडर कार्यकर्ता छैनन् । मासबेस पार्टी भएर नै होला ? नेतृत्वका बारेमा आम नागरिकले समेत खुलेरै चिन्ता ब्यक्त गर्न थालेकाछन् ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा निर्वाचनको परिणामलाई लिएर शीर्ष नेताहरुवीच भनाभन समेत हो ।सभापति देउवाविरुद्ध निकै आक्रमक रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तुत भएका थिए । निर्वाचनको परिणामका विषयमा पार्टी सभापति देउवाले गम्भिर रुपमा सोच्नुपर्ने तर्क बरिष्ठ नेता पौडेलले बैठकमा खुलेरै राखे पछि खैलाबैला मच्चिएको हो ।

बरिष्ठ नेता पौडेलले कांग्रेसले आफ्नो गढमा चुनाव हारेको भन्दै यसको पछाडिको कारण नै पार्टी नेतृत्व रहेको दोष लगाए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘आज तपाईले हेर्नुभयो भने कांग्रेसले आफ्नो गढमा चुनाव हारेको छ, यसको प्रमुख कारण भनेको नै सबैलाई मिलाएर लैजान नसक्नु हो, पार्टीभित्र मनपरीतन्त्र हावी भयो, यसमा अब तपाईले सोच्नुपर्छ।’

चुनावी परिणामलाई लिएर पार्टी सभापतिविरुद्ध एकाएक नेता पौडेल पड्किएपछि देउवा बैठक छोडेर निस्किएका थिए । पौडेलले आजै कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कासँग गोप्य वार्ता समेत गरेकाछन् । पौडेल र खड्काबिच सानेपा स्थित खड्का निवासमा लामो वार्ता भएको थियो । दुई नेताविच भएको गोप्य वार्ताबारे केहि खुलाइएको छैन् ।

उता, प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनेबित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नेबारेमा पनि अनौपचारीक कुराकनी अघि बढेको छ ।

प्रकाशित मिति: May 18, 2017

प्रतिक्रिया दिनुहोस्