Logo
१२ बैशाख २०८१, बुधबार
(May 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा जित्ने जनप्रतिनिधिले यसरी सपथ लिने बाटो खुल्यो

काठमाडौं, जेठ २ : निर्वाचन आयोगले निर्वाचित स्थानीय तहका प्रतिनिधिको सपथ सम्बन्धमा देखिएको अन्योलता बारे विषेश निर्णय लिदै बाटो खोलिदिएको छ ।  आयोगले स्थानीय तह निर्वाचन नियमावलीमा संसोधन गरी सपथलाई खुल्ला गरेको हो । स्थानीय तह निर्वाचन नियमालीमा निर्वाचित जनप्रतिनिधिको सपथ स्थानीय तहको शासन सञ्चालन ऐन अनुसार गरिने छ भन्ने उल्लेख छ ।

सो ऐन नबनेकाले आयोगले स्थानीय तह निर्वाचन नियमावलीको सो प्रावधानमा संसोधन गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । व्यवस्थापिका संसदमा विचाराधिन रहेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नहुँदा जनप्रतिनिधिको सपथमा कानुनी अ्ड्चन देखिएपछि आयोगले निकास निकालेको हो ।

व्यवस्थापिका संसदमा विचाराधिन विधेयकको धारा १७ मा अध्यक्ष तथा प्रमुखले निर्वाचित भएको मितिले ७ दिन भित्र जिल्ला न्यायाधीश समक्ष सपथ लिनुपर्ने उल्लेख छ । त्यसैगरी उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सभाका सदस्यले १० दिन भित्र अध्यक्ष तथा प्रमुख संग सपथ लिनुपर्ने व्यवस्था छ ।

यसैबीच, बैशाख ३१ गते निर्वाचन नभएका चितवनको कालिका नगरपालिका वडा नम्बर ११ र सल्यानको कुमाखमालिका गाउपालिका वडानम्बर १ मा मंगलबार मतदान भईरहेको आयोगले जनाएको छ । त्यसैगरी काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ मा बुधबार र हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ मा विहिबार मतदानका लागि समय तोएिको छ ।

बांकी स्थानमा पनि मतदानको मिति छिट्टै तोकिने छ ।आयोगले मतपत्र ठुलो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको भन्दै एक हप्ता भित्र सबै मत परिणाम आउने बताएको छ ।

प्रकाशित मिति: May 16, 2017

प्रतिक्रिया दिनुहोस्