तालमेलमा झेल : कांग्रेस मतदाताको हातमा रेणुको भाग्य
काठमाडौं , जेठ २ : निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ ।
मतदाताले तालमेल नबुझी मतदान गरेका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको खबर नागरिकमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएका कारण भरतपुर महानगरपालिकाको चुनाव परिणामप्रति धेरैको चासो छ ।
रेणुको भाग्यको निर्धारण कांग्रेसका मतदाताले गर्नेछन् । भरतपुरमा कांग्रेसका करिब ६० प्रतिशत मत प्राप्त गरेमात्रै दाहालले जित्ने अनुमान सञ्चारमाध्यमले गरेका छन् ।