Logo
३ जेष्ठ २०७९, मंगलबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, सूर्य चिन्हमै बढी मत

ललितपुर,  जेठ  ०१: ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार एमालेका तर्फबाट उपमेयरमा कुनै उम्मेदवार नभएपनि मत्रपत्रमा भने छाप लागेको छ। तर पछिल्लो मतगणनाअनुसार राप्रपाका प्रधानभन्दा उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत खसेको छ। पछिल्लो मतपरिणामअनुसार राप्रपाका उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले ६३ मत पाएका छन्। सूर्यमा हालसम्म ११६ मत परेको छ।

एमालेले ललितपुरमा सुकुमाया तामाङलाई उपमेयर उम्मेदवार उठाउने निश्चित भइसकेको अवस्थामा राप्रपासँग तालमेल भएको थियो। तालमेलपछि एमालेले उपमेयरमा आफ्नो उम्मेदवार उठाएको थिएन।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार एमालेका तर्फबाट उपमेयरमा कुनै उम्मेदवार नभएपनि मत्रपत्रमा भने छाप लागेको छ। उनका अनुसार केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भै सकेका चिन्हमा समेत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार ६०० मतगणनामा यो अवस्था देखिएको हो । नागरिकमा समाचार छ ।

प्रकाशित मिति: May 15, 2017

प्रतिक्रिया दिनुहोस्