Logo
१२ श्रावण २०८१, शनिबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४९ हजार उम्मेदवारको भविष्य मतपेटिकामा कैद: मतगणना सुरु हुदै

काठमाडौं, बैशाख ३१:  प्रदेश नम्वर , ३, ४ र ६ का दुई सय ८३ तहमा स्थानीय तहको चुनाव आज सम्पन्न भएको छ ।सिंहदरवारको अधिकार गाउँ लैजाने स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएको छ ।

यो सँगै १३ हजार ५ सय ५६ उम्मेदवारले जनप्रतिनीधिको हैसियत प्राप्त गर्ने बाटो खुला भएको छ । ती प्रतिनीधि को हुनेछन् ? अवका केही घण्टापछि सार्वजनिक हुँदैजाने छन् । अहिले जनप्रतिनीधिको भविष्य मतपेटिकामा भित्र छ ।

सिलबन्दी गरी मतपेटिकाहरु मतगणनास्थलसम्म पुर्याउने काम जारी

यता, स्थानीय तह निर्वाचनअन्र्तगत पहिलो चरणमा भएको काठमाडौंको मतदानपछि मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएका छन् । मतदान सम्पन्न भएपछि काठमाडौं महानगरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएको हो ।

नेपाल प्रहरीले प्रयोग गरेको बस, ट्रक तथा भ्यानमा मतपेटिका ओसारिएको हो । अधिकांश मतपेटिका सभागृहमा केन्द्रित गरिसकिएको छ । महानगरका सबै मतपेटिका केन्द्रित गरिएपछि आइतबार बेलुकाबाट नै मतगणना शुुरु गरिने बताइएको छ । निर्वाचन अधिकृतहरुले उम्मदवारहरुसँग छलफल गरेपछि मतगणना कतिबेलादेखि शुरु गर्ने निश्चित हुनेछ ।

आइतबार ३ वटा प्रदेशका ४ महानगरपालिका, १ वटा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिका प्रतिनिधि, नगरप्रमुख र वडा अध्यक्ष गरी २ सय ८१ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो । पहिलो चरणमा तीन वटै प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिनेछन् ।

स्थानीय तह निर्वाचन अन्र्तगत आइतबार प्रदेश ३ ,४ र ६ मा बिहान ७ बजेदेखि मतदान भएको हो । मतदानका लागि बिहान ७ बजे देखि सांझ ५ बजे सम्मको समय दिइएको थियो । अन्य ठाउँका मतपेटिकाहरु पनि सिलबन्दी गरी मतगणना गर्ने स्थलहरुमा पुर्याउने काम भइरहेको छ ।

 

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्