Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजै बेलुकीबाट मतगणना : निर्वाचन आयोगको नयाँ निर्देशन

काठमाडौं, बैशाख ३१ : स्थानीय तह निर्वाचनको मतगणना सकिए लगतै मतगणना सुरु हुने भएको छ । आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने निर्वाचन आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।

अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्