Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० हजार उम्मेदवार: ३४ जिल्लामा एकसाथ मतदान सुरु

काठमाडौं, बैशाख ३१ : संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ ।मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ ।

आज बिहानैबाट  मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् ।

३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्