Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुवाको हत्याको बदला लिन लादेनका छोराले नेतृत्व सम्हाल्दै

इन्डियन एक्सप्रेश, एफबीआइका पूर्व एजेन्टले अल कायदाका नेता ओसामा बिन लादेनको हत्यापूर्व गरिएको छानबिनमा भेटिएका पत्रअनुसार उनका छोरा हुम्जाले उक्त आतंककारी संस्थाको नेतृत्व सम्हाल्ने तयारी गरिरहेको बताएका छन् । हाम्जाले २२ वर्षको हुँदा लेखेको पत्रमा ‘आफू भगवानको लागि जिहादमा जान लागेको र यसैका लागि बाँचिरहेको’ भनी लेखेको पत्रलाई सौफानले सार्वजनिक गरेका छन् ।

९/११ को हमलापश्चात् बनाइएको अनुसन्धान टोलीको नेतृत्व गर्ने अली सौफानले सिबीएस न्यूजसँगको अन्तर्वार्तामा बुवालाई निकै माया गर्ने हम्जाले ओसामा बिन लादेनको विचारधारालाई आत्मसात गर्न र बुवाको हत्याको बदला लिन अल कायदाको महत्वपूर्ण नेतृत्वमा रहन तयारी गरिरहेको बताएका छन् ।

सौफानका अनुसार अहिले २८ वर्ष पुगेका हम्जाले जिहादी आन्दोलनका लागि मानिसलाई प्रभावित पार्ने र यसका लागि एकताबद्ध गर्न सक्छन् । पूर्व एफबीआई एजेन्ट भन्छन्, ‘लादेन र उनका छोराबिच निकै समानता छ । उनका सार्वजनिक भएका मेसेजमा उनी बिन लादेनले जसरी भाषण दिन्थे त्यसरी नै उनले पनि मानिसहरुलाई सम्बोधन गरिरहेका देखिन्छन् ।

हाम्जाले बिन लादेनले प्रयोग गर्ने शब्दावली र तरिका ठ्याक्कै अनुसरण गरेका छन् ।’ हम्जाले दुई वर्षको अवधिमा दुई अडियो सन्देश रेकर्ड गरेका छन् । जसमा उनले भनेका छन्, ‘अमेरिकी जनता, हामी आउँदैछौं र यो तिमीहरुले महसुस गर्नेछौ । तिमीले मेरो बुवालाई जे गर्यौ त्यसको बदला लिनेछौं… इराक… अफगानिस्तान… सबै कुरा बदलाको हो ।’

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्