Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली प्रहारबाट काभ्रेको नमोबुद्धमा एकको मृत्यु

काभ्रे, वैशाख ३१: निर्वाचनको अघिल्लो रात काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ ।

हिजो (शनिबार) राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।

नेकपा माओवादी केन्द्र नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् । प्रहरीले भने कसले गोली चलाएको यकिन नभएको र अनुसन्धान भइरहेको बताएको छ ।

आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगेर घटनाको अध्ययन गर्ने प्रहरीले जनाएको छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्