Logo
११ जेष्ठ २०७९, बुधबार
(May 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः बरियतामा गच्छदार भन्दा निधि नै पछाडि

काठमाडौं, वैशाख २६:  कमल थापालाई दोस्रो बरियतामा राखिएपछि रुष्ट भई राजिनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फेरि पनि बरियतामा पछाडि राखिएको छ । सोमबार सरकारमा सहभागी गच्छदारलाई कमल थापाकै ठाउँमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिनुका साथै बरियतामा पनि निधि भन्दा माथि राखिएको हो ।

सोमवार मात्रै सरकारमा सहभागी भएका विजयकुमार गच्छदारलाई बर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएको छ ।सरकारको अधिकारिक वेबसाइटमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा गच्छदारलाई राखिएको छ । सोमवार गच्छदारसँगै नेपाल लोकतान्त्रिक फोरमका तीन मन्त्रीले सपथ खाएका थिए ।

कमल थापालाई सरकारमा ल्याइएपछि बरियतामा आफूलाई पछाडि राखिएको भन्दै निधिले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गर्नुका साथै पदबाटै राजिनामा दिएका थिए । पछिल्लो समय प्रधानन्यायाधी महाभियोग प्रकरणमा असन्तुष्टि जनाउँदै राप्रपा सरकारबाट बाहिरिएपछि निधि राजिनामा फिर्ता लिएर पुनः मन्त्रालय फर्किएका थिए ।

प्रकाशित मिति: May 9, 2017

प्रतिक्रिया दिनुहोस्