Logo
८ बैशाख २०८१, शनिबार
(May 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलकण्ठ पौडेलको उम्मेदवारी, यस्ता छन घोषणापत्र – भिडियो सहित

काठमाडौं, २६ बैशाख । नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु महिनाको चार पटक पस्कदै आई रहेका छौं।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  जीवनका धेरै आरोह अवरोह भोगेका निलकण्ठ पौडेललाई जो अपांगको साझा मुद्दालाई बोकेर सामाजिक क्षेत्रमा १५ वर्ष क्रियाशील रहे । अरूको नजरले जे सोचे देखे पनि आफूलाई कहिल्यै कमजोर र असहज नठान्ने पौडेलले  ‘सपनामा पनि अपांग देख्न छोडिसकेँ । अहिले उनलाई एउटै चिन्ताले सताएको छ जुन हो, अपांगहरूलाई पनि अरू सरह सक्षम र  अगाडि बढाउने ।
राजनीतिक दलले ‘युज एन्ड थ्रोु गरेको तीतो अनुभव छ चुनावको समयमा घरैबाट उठाएर जुस खुवाउँदै लैजान्थे, भोट खसालेपछि लगेकै ठाउँमा छोडेर भाग्ने गरेको । अपांग भएका व्यक्तिहरूले पनि अरूका लागि सोच्न र गर्न सक्छन् भन्ने सन्देश राजनीतिबाटै दिन चाहेका पौडेलले अपांगमैत्री ‘आम नेपाली पार्टी स्थापना गर्नुपरेको बताए ।

पार्टीले २० जिल्लामा शाखा विस्तार गरिसकेको छ र पनि निर्वाचन आयोगले उनीहरूलाई स्वीकृति दिएन । त्यसैले निलकण्ठ चन्द्रागिरि नगरपालिकाबाट स्वतन्त्र उम्मेदवार भएर उठेका छन । उनी भन्छन् ‘यो मुलुक अपांगहरूको पनि हो । विकास निर्माणका काममा बालबालिका, महिला र अपांगहरूलाई सँगै नलगेसम्म दिगो विकास हुन सक्दैन । बाटोमा निर्धक्कसँग सेतो छडी लिएर हिँड्ने अनि ह्विलचियर लिएर आरामले हिँड्ने संरचनाको परिकल्पनामा छन् ।

नेपालमा राष्ट्रिय अपांगता कोष स्थापनाको योजनामा पौडेल छन् ।  राज्यका हरेक निकायमा अपांगता भएकालाई राजनीतिक अधिकार दिन संविधानले नै ग्यारेन्टी गरे पनि राज्यले आफ्नो सहभागिता नस्वीकारेको उनको गुनासोे छ । दिगो विकासका लागि स्थानीय निकायको चुनावमा अपांगहरूलाई अवसर दिनुपर्ने उनको माग छ ।  २०६४ सालमा डिग्री पढ्न शंकरदेव क्याम्पसमा आएका पौडेलले न्यु होराइजन कलेज बुटवलबाट स्नातक तह सकाएका हुन् । प्राथमिक तहसम्म अध्ययन गर्दा उनलाई दिदीहरूले बोकेर स्कुल लैजान्थे । उनी स्कुलमा सधै प्रथम हुन्थे ।

यस्ता छन पौडेलको घोषणापत्रमा चन्द्रागिरी नगरपालिकालाई समृद्ध बनाउने योजनाहरु
–नगर भित्रका ६५ ईटा कारखाना र अन्य प्रदूषण निकाल्ने कारखाना उपत्यका वाहिर सारिने छ ।
–मातातिर्थको पानीको मुहान सुरक्षित गर्न नजिकका घरहरू विस्थापित गरी वृक्षारोपण गरिनेछ ।
–नेवार समुदायको सात गाउँले जात्रालाई बजेट बृद्धि गरिनेछ ।
–सडक, पानी, लगायतको सुविधा घर–घरमा पुर्याइनेछ ।
–नगर कर बृद्धि गरिनेछ ।
–एक घर एक रूख, १० घर एक खुला क्षेत्र बनाइने छ ।
लगायत ६० बुँदा रहेको पौडेलले बताएका छन् । पौडेलको चुनाव चिह्न ह्वील चियर रहेको छ ।

यो कार्यक्रम इन्डिजिनियस टेलिभिजनबाट बिहिबार बेलुकी ९ बजे देखी ९ः३० बजे सम्म, पुनः प्रसारण आईतबार विहान २ः३० बजे देखी ३ः०० बजे सम्म र मंगलबार विहान ७ बजे देखी ७ः३० बजे सम्म प्रसारण हुनेछ ।

आफुलाई उपयुक्त हुने समयमा इन्डिजिनियस टेलिभिजन हेरेर प्रतिकृया दिन सक्नु हुनेछ । आउनुहोस अब  बाँकी शब्दहरु  भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

प्रकाशित मिति: May 9, 2017

प्रतिक्रिया दिनुहोस्