Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिएका राप्रपाका मन्त्रीहरु फेरी सरकारमा फर्किदै !

काठमाडौं, बैशाख २५ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपा फेरि सरकारमै फर्किने संकेत गरेको छ । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने तर महाभियोग प्रस्तावको विपक्षमा उभिने निर्णय गर्दै राप्रपाका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनौपचारिक छलफल समेत भइसकेको स्रोतले जानकारी दियो । “हामी सरकारमै छौ, अहिलेसम्म हाम्रो राजीनामा राजीनामा स्वीकृत भएको छैन,” राप्रपा नेता दिलनाथ गिरिले भने । “हामीले महाभियोगको समर्थन गर्न सकेनौं,” उनले भने, “राप्रपाले उठाएको मुद्दा उचित रहेछ भन्ने प्रमाणित पनि भयो । हामीले यसमा जितेका छौं । अब राजीनामा स्वीकृत गर्ने कि अस्वीकृत गर्ने भन्ने प्रचण्डको हातमा छ ।”

उनले आफूहरुले उठाएको मुद्दा सही प्रमाणित भएको उल्लेख गर्दै अब राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने प्रधानमन्त्रीको हातमा रहेको उनले बताए । “अब हामीलाई कि राजीनामा स्वीकृत भयो भन्नुपर्यो कि आउनुस् भनेर भन्नुपर्यो,” उनले भने । राप्रपा स्रोतका अनुसार राप्रपाले अब कांग्रेस नेतृत्वमा बन्ने सरकारमा पनि सुनिश्चितता र आफ्नो हैसियत खोजेको छ ।

“अब १० दिनपछि अर्को सरकार बन्दैछ, त्यसमा पनि हाम्रो औचित्य के हुने भन्ने अहिले नै तय होस् भन्ने हामीले चाहेका छौं,” उनले भने । नयाँ बन्ने सरकारमा पनि सहभागिताको सुनिश्चितता भएपछि मात्रै यो सरकारमा फर्किनेबारेमा पनि पार्टीमा छलफल भएको स्रोतले बतायो ।

प्रकाशित मिति: May 8, 2017

प्रतिक्रिया दिनुहोस्