Logo
२६ बैशाख २०८१, बुधबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक फोरम पनि सरकारमा सहभागि हुने

काठमाडौं, बैशाख २४ :  प्रचण्ड नेतृत्वको सरकारमा नेपाल लोकतान्त्रिक फोरम सहभागि हुने संकेत दिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा छलफल भएको छ । हिजो पनि प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच कुराकानी भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी भएको छ । यहीँ वैठकमा सरकारमा सहभागी हुने विषयमा सहमति बनेको स्रोतको दावी छ । ‘कुरा सकरात्मक छ । तर, अन्तिम भएको छैन ।’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘कुरा मिल्यो भने चुनाव अगाडि नै उहाँ सरकारमा सहभागी हुनुहुन्छ ।’

गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थनाइि विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए ।

गच्छदारलाई सके आइतवार नभए सोमवारसम्म भएपनि सपथ खुवाउने सत्तारुढ दलको तयारी रहेको स्रोतको भनाई छ । प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले स्थानिय तहको चुनावमा विपक्षी एमालेसँग गठवन्धन गरेको छ ।

 

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्