Logo
१५ चैत्र २०८०, बिहीबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघ सप्तरीको अध्यक्षमा जितेन्द्र निर्वाचित

राजविराज, वैशाख २३ : नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदमा जितेन्द्र खड्गा विजयी भएका छन् । शुक्रवार अबेर राति सम्पन्न मत परिणाम अनुसार खड्गा ५४ मत प्राप्त गरी विजयी भएका हुन् । खड्गाको प्रतिद्वन्दी श्रवण देवले ३२ मत प्राप्त गरेको निर्वाचन समितीले जानकारी दिएका छन् । त्यस्तै, खड्गाकै प्यानलबाट उपाध्यक्षमा श्यामसुन्दर यादवले ५९, सचिवमा जितेन्द्रकुमार झाले ५३, सह–सचिवमा चन्दन कुमार यादवले ६०, सह–सचिव (समावेशी) मा डम्वर राईले ५२ र कोषाध्यक्षमा शुभचन्द्र झाले ५६ मतका साथ विजयी भएका छन् ।

महासंघको उपाध्यक्ष पदको प्रतिद्वन्दी हेमशंकर सिंहले २६, सचिव पदका प्रतिद्वन्दी राजू विश्वकर्माले १२ र दिनेश शर्माले २१ मत प्राप्त गरेका छन् भने सह–सचिव पदका प्रतिद्वन्दी नर्मदेव यादवले २४, सह–सचिव (समावेशी) पदका प्रतिद्वन्दी ललिता साहले ३१ र कोषाध्यक्ष पदका प्रतिद्वन्दी संजिव विक्रम साहले २८ मत प्राप्त गरेका छन् ।

महासंघको खुल्ला सदस्यहरुमा पनि खड्गा प्यानलकै भुषणकुमार सिंहले ५८, कृष्णदेव यादवले ५२, गंगाप्रसाद साहले ५५ र वृजमान तामाङ्गले ५६ मतका साथ विजयी भएका छन् । यसैगरी, मधेशी सदस्यमा ५२ मतका साथ विन्दुकुमार यादव विजयी भएको निर्वाचन समितले जनाएको छ ।

त्यस्तै, खड्गा प्यानलकै प्रदेश पार्षदमा राजेश कुमार झाले ५९, मिथिलेश यादवले ५५, सुमन मिश्रले ५४, नवीन गुप्ताले ५४, महेन्द्र प्रसाद मण्डलले ५३, महेश्वर भारतीले ५४, पवन कुमार मिश्रले ५४, वैद्यनाथ यादवले ५७, शिवनारायण साहले ५१, मनोज कुमार माझीले ६०, देवेन्द्र मिश्रले ५३, रश्मी झाले ५१ र भोला रमण उप्रेतीले ४९ मत प्राप्त गरी विजयी भएका छन् भने केन्द्रिय पार्षदमा पनि खड्गा प्यानलकै व्यासशंकर उपाध्यायले ६४, अवधेश झाले ५७, मुरली प्रसाद यादवले ५६, गणेशलाल देवले ५६, भोला पासवानले ५२, देवराम यादवले ५२ र अनिलकुमार अनलले ५१ मत प्राप्त गरी विजयी भएका हुन् ।

महासंघको प्रदेश पार्षद पदका प्रतिद्वन्दी सन्तोष कुमार साहले २८, खगेन्द्र कार्कीले २८, अनिल पोखरेलले २९, उत्तम प्रसाद आचार्यले २९, अर्जुन प्रसाद साहले ३३ र कृष्ण कुमार तिमिल्सिनाले ३१ मत प्राप्त गरेका छन् । यसैगरी, केन्द्रिय पार्षद पदका प्रतिद्वन्दी धिरेन्द्र प्रसाद साहले २३, मनोहरकुमाार पोखेरेलले ३१, नरेशकुमार चौधरीले २६, सतिशकुमार दत्तले २५ र सुरेशप्रसाद आचार्यले २६ मत प्राप्त गरेका छन् । महासंघ शाखा सप्तरीमा कायम भएका कुल ९८ सदस्यमध्ये ८६ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्