Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैकल्पिक शक्ति मानिएका नयाँँ दलहरु एक्लाएक्लै चुनावमा

काठमाडौं, वैशाख २३ : परम्परागत मतदाताको बलमा जित्न सक्ने ठानिएका ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासमेत चुनावी तालमेल गर्न कस्सिइरहदा वैकल्पिक शक्ति मानिएका नयाँँ दल भने एक्लाएक्लै लड्न अग्रसर छन् । नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच परस्पर तालमेलको चर्चा भए पनि मोर्चाबन्दी गर्न उनीहरु उदासीन देखिए । नयाँ शक्ति पार्टीले साझा पार्टी र विवेकशीलसग चुनावी सहकार्यको प्रस्ताव लगे पनि उनीहरुले एक्लाएक्लै अघि जान रुचि देखाए । साझा पार्टीले विवेकशीलसग छुट्टै तालमेल प्रयास गर्‍यो, तर उम्मेदवारी संरचनामा कुरो नमिलेपछि त्यो प्रसंग त्यत्तिकै हरायो ।

वैकल्पिक भनिएका अरु दुई दलसग कुरो नमिलेपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसग चुनावी तालमेल गरेको छ । उनीहरु एउटै चुनाव चिह्न ‘मशाल’ अन्तर्गत लड्ने सहमतिमा पुगेका छन् । स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न अनुमति दिए पनि चुनाव चिह्न भने संसदभित्र भएका दललाई मात्रै दियो । नयाँ शक्तिले आफ्नै चुनाव चिह्न आँखा पाउनुपर्ने भन्दै धर्नालगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर आयोगले मतपत्र छापिसकेको भन्दै कुनै वैकल्पिक चिह्नसहित चुनाव लड्न आग्रह गर्‍यो । त्यसपछि नयाँ शक्तिले चुनावमा भाग लिन हाल एकता चर्चामा रहेको फोरमकै चिह्न मशाल लिने निर्णय गर्‍यो । विवेकशील र साझाले पनि चिह्न पाउनुपर्ने माग गरे पनि सफल भएनन् ।

‘फोरमको चिह्नमा तत्काललाई लड्नुपर्ने बाध्यता सिर्जना भएकाले पहिलो चरणको चुनावमा उम्मेदवारी दिादा कतिपय ठाउमा फोरमकै साथीहरुलाई मेयरमा अघि सारेका छौं,’ नयाँ शक्ति संसदीय मामिला विभागका संयोजक केशव दाहालले भने, ‘हामीलाई आफ्नै चिह्न प्यारो थियो, तर २० वर्षपछि स्थानीय तहको चुनाव नयाँ संरचनामा भइरहेकाले हामी चुनावका विरोधी हुन सक्दैनथ्यौं, त्यसैले चिह्न नपाए पनि विकल्प रोजेर चुनावी अन्योललाई निकास दिन सहयोग गर्‍यौं ।’

काठमाडौं महानगरमा नयाँ शक्तिले फोरम नेता पवित्रमान वज्राचार्यलाई मेयर उम्मेदवार सकार्‍यो । उपमेयरमा नयाँ शक्तिकी सविना अर्याल छिन् । शुक्रबार विवेकशीलकी काठमाडौं मेयर उम्मेदवार रन्जु दर्शनाले वेस्टकोट र किशोर थापाले क्यामेरा चिह्न पाएका छन् । साझा पार्टीले काठमाडौं मेयरमा किशोर थापा र उपमेयरमा निरुपमा यादवलाई उठायो । अनि ललितपुरमा रमेश महर्जनलाई मेयर, शोभा शाक्यलाई उपमेयरमा उम्मेदवारी दिलाएको छ । विवेकशीलको ध्यान भने काठमाडौं महानगरमै बढी देखिन्छ ।

नयाँ शक्ति नेता दाहालका अनुसार नयाँ शक्ति र फोरमबीच भएको समझदारी बमोजिम काठमाडौं र पोखरामा फोरमले मेयर उममेदवार पाउने, नयाँ शक्तिले ललितपुर र भरतपुर महानगरमा मेयर उम्मेदवार पाउने समझदारी भएको हो । ललितपुरमा नया शक्तिका मदन महर्जन, फोरमकी सपनी महर्जन क्रमश: मेयर उपमेयर उम्मेदवार छन् । भरतपुरमा नया शक्तिका सूर्य तिमल्सिना मेयर, फोरमकी शारदा घिमिरे उपमेयर उठाइएको छ । पोखरामा मेयर लडेका हुम गुरुङ फोरम नेता हुन् भने नया शक्तिकी लक्ष्मी खाती परियार उपमेयर उठाएको नया शक्ति स्रोतले जानकारी दियो ।

नेपालमा चुनावको अभ्यास लामो नभएकाले गतिशील र परिपक्व मतदाता बन्ने प्रक्रियामा केही समय लाग्न सक्ने बुझाईमा नयाँ शक्ति मात्रै होइन, अरु पार्टी समेत छन् । विवेकशील पार्टीका नेता गोविन्द नारायणका अनुसार दुई वर्षदेखि उक्त दलको चुनावी तयारी भइरहेकाले परम्परागत मतदाताको वर्चस्व चिर्न प्रयास हुने छ । ‘हामीले वैकल्पिक शक्तिहरुबीच तालमेलका लागि जोड दियौं, आएका प्रस्तावहरुप्रति पनि सकारात्मक नै थियौं,’ गोविन्द नारायणले भने, ‘तर ती प्रयासहरु टुंगोमा नपुग्दै अनपेक्षित ढंगले केही पार्टीका साथीहरुको भटाभट उम्मेदवारी घोषणा भइदियो । त्यसले अहिलेलाई तालमेलको सम्भावना सकिएको छ ।’ साझा, विवेकशील र नयाँ शक्ति नेताहरुले अरु बेला गाली गर्ने, तर चुनावको बेला अघिल्लो चुनावहरुमा भोट हाल्ने दललाई नै रोज्ने प्रचलन तोड्न अहिल्यै सजिलो नरहेको स्वीकार गरे । उनीहरुले एउटै स्वरमा भने, ‘तर यो उकुसमुकुस चिर्न कसै न कसैले पहल लिनुपथ्र्यो, हामीले त्यसै प्रयासको थालनी गरेका हौं ।’

स्रोतका अनुसार साझा पार्टीले काठमाडौंको मेयरमा किशोर थापालाई सघाउन आग्रह गर्दै विवेकशीलसग रन्जु दर्शनालाई उपमेयरमा सघाउने शर्त अघि सारेको थियो । तर विवेकशील पार्टीले भने उम्मेदवारीको प्रचलन बदल्नकै लागि २१ वर्षीय रन्जु दर्शना उठाउने निर्णय भइसकेकाले साझा पार्टीले त्यसलाई मान्नुपर्ने बतायो । त्यसपछि दुई दलबीच अन्यत्र पनि तालमेलको प्रयास अघि बढ्न सकेन । साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले भने एउटा अन्तर्वार्तामा विवेकशीलले मेयर लिने हो भने त्यसका अध्यक्ष उज्ज्वल थापा नै लड्नुपर्ने आग्रह गरे पनि जवाफ नआएकोले तालमेल कठिन बन्न गएका् प्रतिक्रिया दिए ।

मिश्रले तत्काल तालमेलको वातावरण बनाउन नसके पनि भविष्यमा सहकार्य हुन सक्ने बताए । विवेकशीलका नेता गोविन्द नारायणले भने पनि भविष्यमा मिलेर जान सक्ने सम्भावना अझै रहेको दाबी गरे । यता नयाँ शक्तिले भने फोरमसग चुनावपछि एकता गर्नेगरी त्यसैको आधार निर्माण स्वरुप चुनावी तालमेल गरेको बताएको छ ।  कान्तिपुर समाचार छ । नयाँ शक्ति नेताहरुले फोरम पार्टीमा मधेस र जनजाति समुदायभित्र वैकल्पिक मुद्दाहरु उठाउने नेताहरु रहेकाले यो तालमेल पनि वैकल्पिक ध्रुवीकरण नै भएको भनी अथ्र्याएका छन् ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्